सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अथॅमन्त्रीले पत्रकार महासंघको प्रतिनिधिमण्डल सग भने पत्रकारहरूको निशुल्क उपचार गराउने प्रकृया अघि बढीसक्यो

416
shares

नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमहरूलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न माग गरेको छ ।

महासंघको प्रतिनिधिमण्डलले हिजो बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न आग्रह गरेको हो । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह गरेका हुन् । महासंघको टोलीले नेपाल सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेट मार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मासमक्ष आग्रह गरेको छ ।

महासंघले कोभिडका कारण सहुलियतपूर्ण ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह नगर्नसमेत आग्रह गरेको छ । साथै, महासंघको निर्माणाधीन भवनका लागि बजेट व्यवस्था गर्न पनि टोलीले अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।

भेटघाटका क्रममा मन्त्री शर्माले महासंघले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिँदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिवद्धता व्यक्ति गरेको महासंघले जनाएको छ । उनले तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेको पनि महासंघको भनाइ छ ।

मन्त्री शर्माले  तत्काल वर्गीकरणको प्रक्रियामा लान बजेट छुट्याइएको बताउँदै महासंघको निर्माणाधीन भवनका लागि भवन निर्माण विभाग मार्फत प्रक्रिया अगाडि बढाई आवश्यक सहयोग गर्ने बताएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports