सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार बृत्तीकोषको स्थापना

377
shares

पत्रकार वृत्ति कोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ को अधिनमा रही कोष सञ्चालन समितिले पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ स्वीकृत गरेको छ । २०७८ फागुन ११ गते सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सो पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ स्वीकृत गरेको हो ।

पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ ले व्यवस्था गरे अनुसार अब ६५ वर्ष पूरा भएका पत्रकारहरूले मासिक वृत्ति प्रदान गरिनेछ । यसका साथै द्वन्द्व पीडित पत्रकार वा निजको परिवार तथा सन्ततिलाई छात्रवृत्ति सहयोग समेत प्रदान गर्ने व्यवस्था मापदण्डले गरेको छ । पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परी मृत्यू भएका वा शारीरिक रूपमा अशक्तता भएका पत्रकारहरूले समेत मासिक वृत्ति प्राप्त गर्नेछन् । स्वीकृत मादण्ड अनुसार , पीडित पत्रकार वा निजको परिवारलाई मासिक वृत्ति पहिलो पटक प्रदान गरेको मितिले ७ (सात) वर्षसम्म मासिक १० हजारका दरले गरिने व्यवस्था छ ।

मापदण्ड अनुसार, द्वन्द्व पीडित पत्रकारहरूमा शारीरिक अशक्तता वृत्ति समेत नेपाल सरकारले उपलब्ध गराउने छ । शारीरिक अशक्तता वृत्ति पनि मासिक १० हजार र पाँच हजारका दरले गरिने व्यवस्था गरिएको छ । द्वन्द्व पीडित पत्रकारहरूले सन्तति वृत्ति पाउने भएका छन् । पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परी मृत्यू भएका वा शारीरिक रूपमा अशक्तता भएका पत्रकारहरूका सन्तति दुई जनाले १८ वर्ष उमेर पूरा नभएसम्म शैक्षिक वृत्ति वापत वार्षिक १५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

जेष्ठ पत्रकारहरूको हकमा ६५ वर्ष उमेर पूरा गरेका र मापदण्डले व्यवस्था गरेको आधार पुष्टि हुने कागजात प्रस्तुत गरेमा ६५ वर्षदेखि ७९ वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक वृत्ति पाँच हजार, सत्तरी वर्षदेखि पचहत्तर वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक सात हजार, छैहत्तर वर्षदेखि असी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक पत्रकार वृत्ति अक्षय कोषमा हाल साँढे छ करोड रकम नेपाल सरकारले बैंकमा जम्मा गरेको र सो अक्षय कोषबाट आर्जित ब्याज रकमबाट पत्रकारहरूका लागि मासिक पन्ध्र हजार का दरले सरकारले मासिक वृत्ति प्रदान गर्ने व्यवस्था पत्रकार वृत्ति कोष सञ्चालन मापदण्डले गरेको छ ।

सो मापदण्ड निर्माण समितिको संयोजकमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालको सक्रियतामा छोटो समयमै पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ निर्माण भएर स्वीकृत भएको छ । पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ निर्माण समितिका सदस्यहरूमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव चक्र बुढा, गृह मन्त्राललयका सहसचिव फणिन्द्रमणि पोखरेल सूचना तथा प्रसारण विभागका महानिर्देशक गगन हमाल र प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य (पूर्व कार्यवाहक अध्यक्ष) गोपाल बुढाथोकी सम्मिलित पत्रकार वृत्ति कोष सञ्चालन समितिले पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ तयार गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports