जसपाले बोलायो केन्द्रीय समितिको बैठक
वि.सं.२०७८ फागुन १७ मंगलवार १४:५७
shares

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ । संघीय परिषद् बैठक छि पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक समेत बस्ने भएको हो ।
फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसद बाट भएको एमसिसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणाली लगायत पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए।







































