kumari
stcnepal

व्याख्यात्मक घोषणाको नाममा जनतालाई झुक्याइयो !

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनसग गरीएको सम्झौताले नेपालमा राजनितिक तरङ्ग नै उत्पन्न गरेको छ । लामो समयदेखी विवादमा रहेको उक्त सम्झौतालाई नेपाल सरकारले फागुन ८ गते प्रतिनिधिसभामा टेवल गरेपछि त्यसका पक्ष र विपक्षमा बहस हुन सकेको थिएन भन्ने पक्षमा सत्तागठबन्धन मै रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना जनवर्गिय संगठनहरुलाई सडकमा उत्तारेका थिए । गत असोज १३ गते नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ताधारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त हस्ताक्षर गरेर एमसीसी हेडक्वाटरलाई ४÷५ महिना को समय माग्दै सम्झौतलाई पारित गराउने प्रतिबद्धता जनाएका थिए । दुवै नेताले हस्ताक्षर गरी पठाएको पत्र गोप्य राखिएको र माघ २१ गते एमसीसी हेडक्वाटरले नै सो पत्र सार्वजनिक गर्दै तोकिएको समय सिमाभीत्र सम्झौता पारित गर्न दवाव दिएपछि मात्र त्यो विषयमा सत्ताधारी दलहरु छलफल गर्न थालेका थिए ।

निकै लामो छलफल र राजनितिक तरङ्ग पछि सत्ता गठवन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी सम्झौतामा रहेका केही बुदाँहरुमा व्याख्यात्मक घोषणा सहित ससदवाट पारित गराउन सहमत भएका हुन् तर एमसीसी हेडक्वाटरले केही समय पहिला नै सम्झौतमा उल्लेख भएका वुँदाहरुमा कुनै सशोधन हुन नसक्ने प्रष्ठ पारिसकेको अवस्थाममा व्याख्यात्मक घोषाणा सहित पारित गरीएपनि त्यस्को कुनै अर्थ रहदैन । व्याख्यात्मक घोषणा भनेको के हो ? व्याख्यात्मक घोषणामा उल्लेख गरीएका वुँदाहरुलाई एमसीसी हेडक्वाटरले स्वीकार नगरेको अवस्थामा त्यस्तो घोषणाको अर्थ के ? व्याख्यात्मक घोेषणामा एमसीसी सहयोग विकास अनुदान हो, यो हिन्द प्रशान्त सैन्य संगठनको अङ्ग होइन, यो कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ भन्ने धारणा गरीएपनि उक्त सम्झौताका अन्य केही बुँदाहरुमा नेपाल र नेपाली जनताका हित विरुद्धका प्रावधानहरु राखिएका छन् । एमसीसी सम्झौतामा रहेका बुँदाहरुमा फरक फरक प्रस्तावमा व्याख्या गरिने भएपनि एकतर्फी गरीएको व्याख्यालाई एमसीसी हेडक्वाटरले स्वीकार गर्न सक्ने सम्भावना न्यून रहेको छ । सत्ता गठवन्धनले आफूले गरेको व्याख्यात्मक घोषणलाई एमसीसी हेक्वाटरले अस्वीकार गरेको खण्डमा यो सम्झौता स्वत भङ्ग हुनेछ भन्ने प्रस्ताव पारित गरीएपनि त्यस्ले भविष्यमा अर्को दुर्घटना निम्त्याउन सक्ने सम्भावनालाई भन्ने जिवितै राखेको छ ।

देउवा सरकार गठन भएपछि सम्म्झौताका केही प्रावधाना हरुमा ११ वटा प्रश्न सोध्दै अर्थ मन्त्रालयले भाद्र १८ गते एमसीसी मुख्यलयलाई पत्राचार गरेको थियो । त्यसबेला एमसीसी हेडक्वाटरले गोलमटोल उतर दिएर अहिले त्यही एमसीसी हेडक्वाटरले प्रष्ठ पारेका विषयलाई समेटेर वैकल्पिक प्रस्ताव तयार गरीएको छ । एमसीसी मुख्यलयले पहिला नै उत्तर दिईसकेका विषयलाई समेटेर व्याखयात्मक घोषणा सहित त्यसलाई ससदवाट पारित गरीनु कति न्यायोचित र नेपाल र नेपाली जनताको हितमा हुनेछ ? माओवादी केन्द्र र नेकपा एकीकृत समाजावदीले एमसीसी सम्झौताको विरोध गर्दै आएका थिए । तर उनीहरुलाई सत्ता छोड्नुपर्ने डर रहेको र त्यही डरले गर्दा उनीहरुले शब्दजाल गरेर एमसीसी सम्झौतालाई पारित गराएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फेस सेभिङ गर्न कै लागि व्याख्यात्मक घोषणा भन्ने शब्दजाल रचिएको छ । सत्ता गठबन्धन टुट्ने र आउँदो स्थानीय तह, प्रदेश सभा र संघीय ससदको निर्वाचनमा सत्तामा नरही निर्वाचन जित्न सकिदैन भन्ने भ्रममा उनीहरु परेका हुनाले आफुहरुले विरोध गर्दै आएको एमसीसी सम्झौतालाई शब्दजाल रचेर व्याख्यात्मक घोषणाको नौटकी गरेर पारित गराएका छन्, त्यसैले भन्न सकिन्छ दाहाल नेपाललाई नेपाल र नेपाली जनता भन्दा सत्ता नै प्यारो भयो भनेर ।

प्रधानमन्त्री देउवा र नेपाली काग्रेसले ससदको प्रमुख विपक्षी दल नेकपा एमालेसँग वार्ता थालेपछि दाहाल नेपाल सत्ता छोड्नु पर्ने डरमा रहेका थिए । प्रधानमन्त्री देउवाले दाहाल नेपाललाई समयसीमा नै दिएर निर्णय गर्न भनेपछि उनीहरु दवावमा परेका थिए । त्यही दवावका कारण उनीहरुले शव्दजाल रचेर सत्तालाई निरन्तरता दिने प्रयास गरेका भएपनि नेपाली जनताले त्यस्ता शब्दजाललाई पत्याउन सकेका छैनन् । माओवादी र एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई ससदमा निर्णयाथ पेश गर्दा ससद वहिष्कार गर्ने निर्णय गरेका थिए तर त्यसो हुँदा पनि सम्झौता पारित हुन नसक्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सम्झौतालाई पारित गराउने उनीहरु अनेक उपाय खोजिरहेका थिए ।

केही आफू निकट कानुन व्यवसायीहरुले नै त्यस्तो शब्दजाल रचिदिएपछि उनीहरु ढुक्क भएर सम्झौताका पक्षमा उभिएका थिए । राजनितिक दलहरुले जनतालाई भन्दा सत्तालाई प्यारो ठान्ने प्रवृतिको विकास गरेका हुनाले उनीहरु अनेक प्रकारका शव्दजाल रच्न लागि परेका थिए । त्यसैको परिमाण हो व्याख्यात्मक घोषणा । व्याख्यात्मक घोषणा गरेपनि त्यसलाई एमसीसी हेडक्वाटरले अस्वीकार गरेको खण्डमा त्यस्को कुनै अर्थ रहदैन । यदि त्यसो भएको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादीले कुन मुख लिएर जनता कँहा जाने ? सत्तालाई नै सबैसर्वा ठान्ने राजनितिदलहरुको प्रकृतिले गर्दा नेपाली जनता फेरी हारेका छन् भन्ने हामीले ठानेका छौँ ।

 

footer