तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयले यस्तो कार्य गर्ने माथी कारबाही गर्ने चेतावनी

403
shares

गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनि गैर कानुनी ठगी गरिरहेको भन्दै यस्तो कार्य गर्ने माथी कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन अनुरोध गरेको हो ।

ठगीका यस्ता गतिविधिहरु भएको सूचना प्राप्त भएमा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तो का गर्ने माथि कारबाही :
१. रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने,
२. नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने,
३. भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने,
४. जग्गा वा घडेरी उपलब्ध गराउने,
५. उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने,
६. अनलाइन बाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने,
७. घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने,
८. अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै
दुरुत्साहन गर्ने,
९. डिजिटल मुद्रामा लगानी गर्ने गराउने,
१०. रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने,
११. विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने,
१२. ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने,
१३. कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत बनाउने,
१४. ढुकुटी खेल्ने, खेलाउने,
१५. अनलाइन ठगी गर्ने,
१६. मिटर ब्याजमा रकम उपलब्ध गराउने,
१७. बैंकिङ्ग प्रणाली भन्दा बाहिर बाट मुद्रा पठाउने वा मगाउने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports