प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विधेयकहरु एमाले जिम्मेवार भए केही दिनमा संसद बाट पारित हुन्छ : मन्त्री बडु

741
shares

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार भएमा केही दिनमा नागरिकता लगायतका महत्त्वपूर्ण विधेयकहरु संसद बाट पारित हुने बताएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण विधेयक दलीय सहमति बाट संसदमा पेश र पारित गर्नुपर्ने भन्दै एमाले संवेदनशील भएमा केही दिनमा विधेयकहरु पारित हुने बताए । ‘यो यस्तो विषय छ, जहाँ दलीय रुपले सहमति बनाएर छलफल बाट पेश गर्नुपर्छ र दलीय सहमति बनाएर निश्कर्षमा पुर्‍याउनुपर्छ’, ‘हेरौं उहाँहरु यसमा संवेदनशील भइदिनुभयो भने केही दिनमा महत्वपूर्ण विधेयक प्रक्रिया अनुसार पारित हुन्छ ।’

‘जनताका जल्दाबल्दा विषयहरु अध्यादेश मार्फत विचाराधीन छ, अगाडि बढ्न सकेका छैनन् नाराबाजी छाडेर त्यसमा केन्द्रित बन्नुस् हाम्रो आग्रह छ’ मन्त्री बडुले भने ।  ‘जनताका यति महत्वपूर्ण समस्या जो बल्झिएका छन्, त्यसलाई संसदमा मुखरित गर्नुपर्छ, सरकारलाई जिम्मेवार बनाउन उहाँहरु आइदिनुपपर्छ । छलफलमा भाग लिनुपर्छ । त्यस्तै सबै विधेयकको छलफलमा उहाँहरुको सहभागिता हुनुपर्छ’ मन्त्री बडुले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports