प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महेन्द्रराज भुसाल नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा चयन

715
shares

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्रराज भुसाल चयन भएका छन् । संघको प्रथम साधारणसभा तथा अधिवेशन बाट भुसाल अध्यक्ष निर्वाचित भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन (प्रदेश १), अभिषेक रोगन (मधेश), विक्रम अधिकारी (बागमती), हेमन्त श्रेष्ठ (गण्डकी), छमबहादुर अधिकारी (लुम्बिनी) कान्तप्रसाद सुवेदी (कर्णाली) र कृष्णराज ढुंगाना (सुदूरपश्चिम) चयन भएका छन् ।

संघको महासचिवमा होमप्रसाद अधिकारी, सचिवमा धीरज मैनाली, कोषाध्यक्षमा प्रकृति आचार्य चुनिएका छन् । यसैगरी सदस्यहरुमा समीर शर्मा, लवेन्द्र कुँवर, वर्षा कोइराला, मञ्जु दाहाल, हेमकुमार बिडारी, देवेश कर्ण , ब्रह्मशंकर चौधरी र श्रेयशध्वज जोशी छन् ।

केही समय अगाडि मात्रै स्थापना भएको यो संस्थाले अब चाँडै ७ जना उपाध्यक्षहरुको संयोजकत्वमा प्रदेशमा समिति गठन गर्ने र स्वास्थ्य व्यवस्थापकको हकहितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष भुसालले बताए । संघले अस्पताल व्यवस्थापन सँग सम्बन्धित विभिन्न विषयमा काम गर्ने उनले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports