तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मर्स्याङ्दी करिडोर आयोजनाले अधिग्रहण गरेको जग्गाको मुआब्जा निर्धारण

494
shares

गोरखा । मर्स्याङ्दी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाले गोरखा तर्फ अधिग्रहण गरेको जग्गाको मुआब्जा निर्धारण गरिएको छ ।

प्रशारण लाइन विस्तारका लागि हाइटेन्सन टावर राखिने जग्गाको आइतबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समिति बैठकले मुआब्धाा निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मालपोत कार्यालयको दररेट, चलनचल्ती, बैंक तथा वित्तीय संस्थाको लगानी, सडक सञ्जाल लगायतका मापदण्डलाई आधार मानेर प्रति रोपनी ९ देखि अधिकतम ४० लाख रुपैयाँ सम्म मुआब्जा निर्धारण गरिएको हो ।

अब मुआब्जा वितरणको काम अघि बढ्ने आयोजनाले जनाएको छ । ‘आज मुआब्जा निर्धारण भयो,’ आयोजना प्रमुख चिन्तन बिक्रम राणले भने, ‘अब प्रभावित जग्गा धनीहरु सँग वडा कार्यालय मार्फत आवश्यक कागजपत्र संकलन गर्छौं, अनि मुआब्जा बाँड्छौ ।’ २०७२ सालमा सुरु भएको आयोजना निर्माणको हाल सम्म सव स्टेशन निर्माण तर्फ ७० र लाइन विस्तार तर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports