सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारले आतंक मच्चाएको मुख्यमन्त्री पौडेलको आरोप

416
shares

काठमाडौ । पछिल्लो समयमा सत्ताधारी दल र सत्ताको नेतृत्वकर्ताहरु नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विरुद्धमा खनिन थालेका छन् । त्यसै क्रममा नेकपाका नेता एवं प्रदेश नं। ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आतंक मच्चाएको आरोप लगाएका छन् ।

अख्तियार दुरुपयोग अनुस्न्धान आयोगकै कारण समृद्ध देश बनाउन र सुशासन कायम गराउन बाधा पुगेको भन्दै दुनियाँलाई हसाउने कार्य गरिरहेका छन् । प्रदेश नं। ३ का मुख्यमन्त्री पौडेलले प्रदेश नं। ३ को राजधानी तोक्ने विषयमा पटक पटक झुठ बोल्दै आएका छन् । अब १५ दिन एक महिनाभित्रमा राजधानी तोकिन्छ भन्दै आएका भएपनि दुई वर्षसम्म प्रदेशको राजधानी तोक्न नसकेका पौडेललाई राजधानी तोक्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै बाधक बन्यो कि रु

केही दिन पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा बेथिति बढेको, भ्रष्टाचार बढेको भन्दै स्थानीय तहलाई ६१ बुँदे निर्देशन आदेश जारी गरेको थियो । स्थानीय तह भ्रष्टाचारका अखडा बनेका समचारहरु प्रकाशित भएपछि अख्तियारले ६१ बुँदे निर्देशन जारी गरेपछि स्थानीय तहका प्रतिनिधिहरु रुष्ट बनेका भएपनि सेवाग्राहीहरु भने खुसी भएका छन् । अहिले त्यही निर्देशनलाई लिएर प्रदेश सरकारका प्रमुखहरु समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विरुद्ध खनिनु भनेको भ्रष्टाचार गर्न पाउनुपर्दछ भन्नु हो ।

मुलुकमा पछिल्लो समयमा भ्रष्टाचार बढेको विभिन्न तथ्यहरुले बताइरहेका बेला संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले भ्रष्टाचार रोक्नुको बदला भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको सम्वैधानिक संस्था अख्तियारलाई आतंक मच्चाएको आरोप लगाउनु भन्दा आफ्नो चरित्र र भ्रष्टाचारलाई नियन्त्रण गर्न अग्रसर हुनु नै उपयुक्त हुनेछ ।

भ्रष्टाचारीहरु अख्तियारसँग डराउनु कुनै नौलो विषय होइन भ्रष्टाचार नगर्ने व्यक्तिहरु अख्तियारसँग डराउनुपर्ने आवश्यकता नै देखिँदैन तसर्थ अख्तियारले आतंक मच्चायो भनेर भ्रष्टाचार रोक्ने कार्यमा लाग्नुको बदला उल्टो आरोप लगाउनुले भ्रष्टाचाराई नै प्रोत्साहन पुग्न सक्छ । त्यसैले आरोप, प्रत्यारोपणमा उत्रिनु भन्दा भ्रष्टाचारीहरुलाई कानुनी दायरामा ल्याउनु नै उपयुक्त हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports