नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने

585
shares

काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी विरुद्ध खेल्दैछ । युएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको छ ।

६ महिना पछि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको नेपालको टिममा आज सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गर्दैछन् । अफ स्पिनर सागरले अघिल्लो महिना चार देशीय शृंखला अन्तर्गत ओमानसँगको खेलमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । घरेलु क्रिकेटमा विभागीय टोली नेपाल पुलिस बाट खेल्ने उनले दुईवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुवै ओमान सँग हो ।

नेपाली टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, सागर ढकाल, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र सोमपाल कामी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports