नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संस्थालाई अहित हुने गतिविधिमा संलग्न भएमा उपाध्यक्ष लामालाई कारवाही हुने : एनआरएनए

455
shares

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारी भइरहेको अवस्थामा एनआरएनए उपाध्यक्ष सोनाम लामाले समानान्तर सम्मेलन आयोजना गर्दै भ्रम सृजना गरेकोले सबैलाई सचेत रहन एनआरएनएले अपील गरेको छ ।

एनआरएनए प्रवत्ता डिबी क्षेत्रीले प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराएको छ । एनआरएनएले संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम उपाध्यक्ष लामालाई कारवाहीको प्रकृया अघि बढाइने जनाएको छ ।

संघको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको लागि संघका अध्यक्ष कुमार पन्त अहिले काठमाण्डौंमा सकृय भइरहेको अवस्थामा उपाध्यक्ष लामाले समानान्तर सम्मेलन भन्दै पत्राचार गरिरहेका छन् । संघको नयां नेतृत्व चयनको लागि निर्वाचनका अधिकांस प्रकृयाहरु सम्पन्न भएर आगामी २४ र २५ तारिख मतदानको गर्ने तयारी निर्वाचन समितिले गरेको छ । विज्ञप्तीमा भनिएको छ–‘गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रमक पत्राचार गर्ने र बिभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको देखिएकाले त्यस्ता गतिविधि प्रति सचेत रहन् संघका सम्पूर्ण सदस्यहरुलाई अपिल गरिन्छ ।’

विश्वभर छरिएका सम्पूर्ण प्रतिनिधिहरुलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि एनआरएनएले अनुरोध गरेको छ । यता संघका उपाध्यक्ष लामाको संयोजकत्वमा १० औं महाधिबेशन आयोजक कमिटी बनाएर सक्रिय भइरहेका छन् । एनआरएनए संस्थापन पक्षले समस्या समाधान नगरी एकतर्फि निर्वाचन प्रकृया अगाडि बढाएको आरोप लगाउँदै आएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports