तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारी टोलीले आमरण अनशनमा बसेकी तारा बराल सँग गर्यो वार्ता

559
shares

विभिन्न माग राख्दै आमरण अनशनमा बसेकी तारा बराल सँग बुधबार सरकारी टोलीले वार्ता गरेको छ ।

अनशन स्थलमा पुगेर काठमार्डौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गृहमन्त्रीका प्रशासन तथा शान्ति सुरक्षा मामला विज्ञ सुनील खनाल र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले बराल सँग छलफल गरेका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजालले वार्ता सकारात्मक भएको र पुन छलफल गरेर अनशन अन्त्यको पहल गर्ने बताए । बरालले संसद्बाट पास भएको अमेरिकी सहयोग परियोजना एमसीसी पूर्ण रूपमा खारेज गर्नुपर्ने, नागरिकता विधेयक पूर्ण रूपमा खारेज गर्नुपर्ने, संघीयता पूर्ण रूपले खारेज गर्नुपर्ने, सर्वोच्च अदालत अघि महिला माथि दुर्व्यवहार गर्ने अधिवक्तालाई कारबाही गर्नुपर्ने माग गर्दै आमरण अनशनमा बसेकी छन् ।

सरकारी वार्ता टोलीले बिहीबार फागु पूर्णिमा भएकाले शुक्रबार पुनः वार्ता गरेर अनशन टुंग्याउने बताएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports