linktrix Long Ad
Salt Trading Long Ad

ड्रोन भित्र लुकाएर एक सय ग्राम सुन सहित विमानस्थल बाट भुटानी शरणार्थी पक्राउ

624
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ड्रोन भित्र लुकाएर एक सय ग्राम सुन ल्याएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राई छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार बिहीबार दिउँसो १२ बजे तिर उनी विमानस्थल बाट पक्राउ परेका हुन् । ‘उनको ड्रोन भित्र क्यामराको लेन्स छेऊमा अड्काएर राखेको अवस्थामा एक सय ग्राम सुन बरामद भएको छ’ भट्टराईले  भने, ‘उनको लगेजमा रहेको जुत्ता भित्र पनि तीन वटा चाँदी जस्तो देखिने धातु बरामद भएको छ ।’

उक्त धातु ९३४ ग्राम रहेको भट्टराईले बताए । ‘उक्त धातु चाँदी नै हो कि होइन भन्ने परीक्षणका लागि प्रयोगशालामा पठाएका छौं’ उनी भन्छन्, ‘उनले ल्याएको चार वटा आईफोन पनि बरामद भएको छ ।’ भुटानी शरणार्थीका रुपमा राई सन् २०१५ मा अमेरिका गएका थिए । यसअघि २०१९ मा पनि उनी नेपाल आएको देखिन्छ । शरणार्थी बुबा सँग बिहे गरेकी उनकी आमा पनि अहिले अमेरिकामै छिन् र परिवारलाई भेट्न उनी नेपाल आएको खुलेको छ ।

‘उनले आफूलाई त्यसरी ल्याउन पाइँदैन भन्ने थाहा नभएको बयान दिएका छन्’ एक अनुसन्धान अधिकृत भनछन्, ‘उनले अनलाइन बाट खरिद गरेको स्टेटमेन्ट पनि देखाएका छन् । यद्यपि, उनले तस्करी नगरेको भए पनि अवैध तरिकाले सामान ल्याएकाले फन्दामा परेका हुन् ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports