linktrix Long Ad
Salt Trading Long Ad

विप्लवले स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस गरे

624
shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ।

कपिलवस्तुको शिवगढीमा शुक्रबार दिउँसो २ बजे सुरु भएको बैठमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्यन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन्।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोग बारे प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बारे नेकपाको उच्च तहमै समान मत छैन। पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए। बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा छन् । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports