linktrix Long Ad
Salt Trading Long Ad

फेडरल रिजर्भले औसत ब्याजदर बढाएपछि सुनको मूल्य घट्ने

663
shares

अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभले औसत ब्याजदर बढाए पछि अन्तराष्ट्रिय बजारमा सूनको मूल्यमा गिरावट आएको छ । जसको प्रभावले नेपाली बजारमा पनि सुनको भाउ अझै घट्ने आँकलन गरिएको छ ।

रुस–युक्रेन बीचको युद्धका कारण आकाशिएको सूनको मूल्य फेडरल रिर्जभले औसत ब्याजदर बढाए पछि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महा–सचिव धर्म सुन्दर बज्राचार्यले बताए । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि भाउ घट्ने उनको भनाई छ ।

गत फागुन २५ मा प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार ९८ हजार ८ सयमा झरेको छ । फेडरल रिजर्भले औसत ब्याजदर वृद्धि गरेपछि मानिसहरुले सुनमा लगानी गर्नुको सट्टा बैंकमा बचत गर्दा सुनको मूल्य घट्ने महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिएका छन् । उनी भन्छन्, ‘रुस–युक्रेन युद्ध रोकियो र फेडरल रिजर्भले औसत ब्याजदर बढाएको अवस्थामा सुनको मूल्यमा क्रमिक रुपमा गिरावट आउने छ । ९८ हजार ८ सय पुगेको सूनको मूल्य ९३ हजार सम्म पुग्न सक्छ । ’ उनले भने ।

कारोना महामारी फैलिएपछि फेडरल रिजर्भले औसत ब्याजदर २.२५ प्रतिशत बाट शून्य प्रतिशत बनाएको थियो । सन् २०२२ को अन्त्य सम्ममा फेडरल रिर्जभले औसत ब्याजदर १.७५ प्रतिशत देखि २ प्रतिशत सम्म पु¥याउने लक्ष्य लिएको छ जसकारण भावी समयमा सूनको मूल्यमा कमी आउने आकलन गरिएको हो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports