प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिरायो : शेखर गोल्छा

559
shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका छन् ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिराएको बताएका हुन् । उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा खस्केको उनको भनाइ थियो । पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गरे ।

उनले मुलुकको शोधनान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताए । अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने गरेको भन्दै अध्यक्ष गोल्छाले तरलताको समस्यामा कोही पनि अछुतो नरहेको बताए । उनले तरलताको समस्या तत्काल समाधान गर्नु पर्ने जरुरी भए पनि सरकारको ध्यान समस्या समाधान गर्ने तर्फ नगएको गुनासो गरे ।

सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले अझै विकराल रुप लिनसक्ने बताए । अध्यक्ष गोल्छाले सरकारले बस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरु सँग छलफल गरेर मात्रै ल्याउनु पर्ने बताए । उनले सरकारले अर्थतन्त्रको अवस्था हेरर आयातित बस्तुहरुलाई प्राथमितामा राख्नु राम्रो भएको बताए ।

अध्यक्ष गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरुले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन दिनु पर्ने बताए । सरकारले उचित प्रोत्साहन दिए मात्रै बैंकिङ च्यानल बाट पैसा ल्याउन सकिने भन्दै गोल्छाले रेमिटेन्स बैंकिङ च्यानल बाट मात्रै पठाउन पाउने नीति ल्याउनु जायज नहुने बताए । रेमिटेन्समा सरकारले प्रोत्साहन दिने नीति बनाए मात्रै रेमिटेन्स बढ्दै जाने उनको भनाइ थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports