प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गर्मी बढदै, कस्तो रहला आजको मौसम

689
shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेको थियो । धरानमा सर्वाधिक ३७.२ डिग्री सेल्सियस रहेको थियो भने जनकपुरमा ३७ डिग्री सेल्सियस, घोराहीमा ३६.८ डिग्री सेल्सियस र विराटनगरमा ३६.२ डिग्री सेल्सियस रहेको थियो । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।

महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। आइतबार सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

सोमबार पनि पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports