प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खाली पेटमा करीपत्ता खानुहोस् अनेक रोग भगाउनुहोस

663
shares

खानेकुरालाई स्वादिष्ट बनाउन करी पत्ताको प्रयोग गर्ने गरिन्छ । केही खानेकुराहरु यसको पातको प्रयोगविना स्वाद वीहिन बन्छन् । खानेकुराको स्वाद बढाउने करी पत्ता स्वास्थ्यका लागि भने अत्यधिक फाइदाजनक छ । यसको सेवन बिहान खाली पेटमा गर्दा यसले झन् धेरै फाइदा गर्छ । पेट सम्बन्धी हरेक रोगको समाधानका लागि करी पत्ताको सेवन गर्न आवश्यक छ । यसको सेवनले तौल नियन्त्रण हुने, मधुमेह जस्ता रोगको पनि नियन्त्रण हुने गर्छ । करी पत्तामा भिटामिन ए, बी, सी र बी२ पाइन्छ । यसका साथै, छाला, आँखा र रगतलाई स्वस्थ राख्न पनि यसको सेवन गर्न आवश्यक छ ।

तौल कम गर्न मद्दत गर्छ
करी पत्तामा कार्बालोज एल्कलोइड नामक तत्व पाइन्छ । यसलाई थुप्रै औषधिहरुमा प्रयोग गरिन्छ । यसले तौल बढ्न दिँदैन । र, तौल बढी भएमा विस्तारै विस्तारै कम हुँदै जान्छ । यसले कोलेस्ट्रोल बढ्न दिँदैन र तौल नियन्त्रण गर्छ ।

पेटका लागि
बिहान खाली पेटमा करी पत्ता खाँदा पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ । पेट सम्बन्धी समस्यामा करी पत्ताले रामवाण जस्तै काम गर्छ । पेटमा कुनै समस्या भएमा मोहीमा सुकाएको करी पत्ताको पात पिसेर हाल्ने र पिउने गर्दा समाधान हुन्छ ।

स्मरण शक्ति कमजोर भएमा
विभिन्न अध्ययनले करी पत्ता खाँदा भुल्ने समस्या बाट बच्न सकिन्छ । साना साना कुराहरु भुल्ने समस्या छ भने करी पत्ता खान सुरु गर्नुहोस् । यसले स्मरण शक्तिमा आउने समस्या हराउँदै जान्छ ।

मधुमेह बाट छुटकारा
करी पत्ताले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने मात्र होइन यसले प्यानक्रियाजमा इन्सुलिन बनाउने कोशिकाहरुलाई पनि बचाउँछ । यसमा कपर, आइरन, जिंक जस्ता तत्वहरु पाइने भएकाले मधुमेहका बिरामीले बिहान खाली पेटमा यसको सेवन गर्नुपर्छ ।

आँखाको ज्योती बढाउँछ
करी पत्तामा भिटामिन एको मात्रा भरपुर हुन्छ । यसको सेवनले आँखाको रोशनी तेज हुन्छ । आँखामा भएको मोतियाँबिन्दु पनि यसको सेवनले कम हुन्छ ।

कपाल
करी पत्ताको सेवनले कपालमा हेयर फोलिकल्समा सुधार आउँछ । यसले कपाल उमार्ने काम गर्छ । र, कपाल फुल्ने समस्या बाट पनि बचाउँछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports