प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र सिसेल्स बीच द्धिपक्षीय श्रम सम्झौता हुने

559
shares

सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिला मन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिला मन्त्री इरोल फोन्स्का सँग द्विपक्षीय भेटवार्ता गरेका छन् । द्विपक्षीय भेटवार्तामा उनीहरू बीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्ध बारे छलफल भयो ।

रोजगार तथा सामाजिक मामिला मन्त्री फ्यानकोट सँगको भेटवार्तामा एक महिना भित्र द्विपक्षीय श्रम सम्झौतालाई ट्ङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ। वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्स बाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिंदै सिसेल्स सँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताए ।

न्युनतम् योग्यता, भाषागत क्षमता, न्युनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालको तर्फ बाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले नेतृत्व गर्नेछन् ।

अहिले १२ सय ५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीहरुलाई ल्याउन इच्छुक रहेको बताए। सिसेल्समा अहिले सुरक्षा गार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यस बाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिकहरु कार्यरत छन् ।

द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवा पनि नेपालीहरुलाई रोजगारी दिन सकिने बताए। भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा थानेश्वर भुसाल थियो भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो । नेपाल र सिसेल्स बीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports