विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजदेखि राष्ट्र बैंकको संयोजकत्वमा देशैभरी ‘ग्लोबल मनी वीक’ मनाइँदै

520
shares

नेपाल राष्ट्र बैंकको संयोजकत्वमा यो साताभर ‘ग्लोबल मनी वीक’ मनाइने भएको छ । राष्ट्र बैंकले यही चैत्र ७ गते देखि १३ गते सम्म ग्लोबल मनी वीक मनाउन लागेको हो ।

ग्लोबल मनी वीकको २०२२ को नारा ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट हुनुहोस् ’ भन्ने रहेको छ भने नेपालको स्थानीय नारा ‘ सिक्नुहोस्, बचत गर्नुहोस्, कमाउनुहोस् ’ रहेको नेपाल राष्ट्र बैंकले जनाकारी दिएको छ । ग्लोबल मनी वीकको उद्देश्य भनेको मानिसहरुको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यावहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउनुका साथै हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्न रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) को संयोजनमा संसार भरका १०९ देशहरुमा ग्लोबल मनी वीक मनाउँदै आइएको छ । नेपालमा पनि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकको संयोजकत्वमा देशभरी ग्लोबल मनी विक विभिन्न कार्यक्रम गरी मनाइने छ । जस अन्तर्गत नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौँ उपत्यकामा वित्तीय चेतना मूलक प्रस्तुतीहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेज स्तरका विद्यार्थी लगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने छ ।

यसका साथै काठमाडौँ उपत्यका बाहिरको कुनै एक जिल्लामा साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक शिक्षिका र दैनिक ज्यालादारी समुहका व्यक्तिको सहभागितामा वित्तीय चेतना मूलक कार्यक्रम आयोजना गरी ग्लोबल मनी वीक मनाउन भनेको छ । साता भरी नै विभिन्न कार्यक्रम गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था बाट डिजिटल वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम आयोजना गर्न भूक्तानी प्रणाली विभाग मार्फत भुक्तानी प्रणाली अपरेटर र भुक्तानी सेवा प्रदायक एवं बैंक तथा वित्तीय संस्था नियमन विभाग मार्फत सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ समेतका आधारमा विभिन्न वित्तीय चेतना मूलक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।

सर्वसाधारणलाई डिजिटल वित्तीय साक्षरता सम्बन्धी विषयमा चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न एफएम रेडियो र राष्ट्रियस्तरका टेलिभिजन बाट सो सम्बन्धी चेतना मुलक अन्तरवार्ता प्रसारण गरेर ग्लोबल मनी वीक चैत्र ७ देखि १२ सम्म मनाइने छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports