सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खुकुरी प्रहार बाट वीरगञ्जमा दुई जना घाइते

468
shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा खुकुरी प्रहार बाट दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका– २१ पटेलनगरका ४५ वर्षीय राजेन्द्र पटेल र उनका २० वर्षीय छोरा विकास पटेल घाइते भएका हुन् ।

उपचारका क्रममा राजेन्द्रको टाउकोमा २० वटा टाँका लगाइएको छ । त्यस्तै विकासको हातमा चोट लाग्नुको साथै टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ । खानेपानी धाराको विषयमा आज मंगलबार बिहान विवाद हुँदा आफ्नै भाइ कामेश्वर पटेलले सवा १० बजेतिर उनलाई खुकुरीले हानेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कामेश्वरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कामेश्वरले प्रयोग गरेको खुकुरी समेत बरामद गरी उनी विरुद्ध ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports