सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुटवलमा सञ्चालन हुने दशौं कृषि मेलाको तयारी पूरा

585
shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यही चैतको १० देखि १४ गते सम्म बुटवलमा सञ्चालन हुने कृषि मेलाको तयारी पूरा भएको छ ।

‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन हुने यो दशौं संस्करणको कृषि मेला हो । ५ दिन सम्म सञ्चालन गरिने मेलामा धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी गरिने संघका अध्यक्ष उज्ज्वल कसजूले बताए ।

५० वटा स्टल रहने मेलामा २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको मेला समन्वय संयोजक बसन्त ढकालले बताए । मेलामा जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रदर्शन, फूड फेष्टिवलका माध्यम बाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन, कृषि सम्बन्धि अन्तर्क्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारी मूलक स्टलहरु समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धी जानकारी तथा परामर्श र कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports