नेपालको ३ दिने भ्रमण सकेर स्वदेश फर्किए चिनीयाँ विदेशमन्त्री
वि.सं.२०७८ चैत १३ आइतवार १५:१७
shares
epa06801525 Chinese Foreign Minister Wang Yi speaks about the summit between US President Donald Trump and North Korean leader Kim Jong Un, during a joint briefing with Association of South East Asian Nations (ASEAN) Secretary-General Lim Jock Hoi (not pictured) at the Foreign Ministry in Beijing, China, 12 June 2018. EPA/GREG BAKER / POOL
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् ।
शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सँग शिष्टाचार भेटवार्ता गरेका थिए । शनिबार दुई देश बीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।







































