विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विपल्वको पार्टीले चुनावमा भाग पनि नलिने चुनाव बहिष्कार पनि नगर्ने

520
shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा पार्टी बाट आफ्ना उम्मेदवार नउठाउने भएको छ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ।कपिलबस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव माथि व्यापक छलफल भएको थियो।

महासचिव विप्लवको उक्त प्रस्ताव माथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णय सहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको एक नेताले बताए। ‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ,’ एक नेताले भने, ‘हामी चुनावको विरोधी पनि होइनौं। त्यसैले एजेन्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं।’

चुनावको उपयोग गर्नुपर्ने विप्लवको प्रस्तावमा मतभिन्नता देखिए पछि यस्तो निर्णयमा पुगिएको ती नेता बताउँछन्। ‘संस्थागत ढंगले हाम्रो पार्टी स्थानीय चुनावमा सहभागी हुँदैन,’ उनले भने।जारी केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports