kumari
stcnepal

नेप्से दोहोरो अङ्कले आज पनि घट्यो

काठमाण्डौ । साताको दोस्रो दिन पनि बजार मापक सूचक नेप्से दोहोरो अङ्कले घटेर नेप्से बन्द भएको छ । आइतबार पनि अर्धशतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।

बीमा समूहको उपसूचकमा आइतबार केही रौनक देखिए पनि आज भने त्यही सूचक नराम्रो सँग घटेको छ । बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू भने निराश बनेका छन ।सोमबार नेप्से करिव ३० अङ्कले घटेर समग्र बजार २५४२ विन्दुमा आएको छ । नेप्से सँगै कारोबार रकम पनि घटेको छ । आज २३१ कम्पनीको २ अर्ब ५४ करोड भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।

कारोबार भएका सबै उपसूचकमा रातो पोतिएको छ भने बीमा समूह नराम्रो सँग प्रभाव भएको छ । २१ कम्पनीको मात्र शेयर मूल्य बढेर खरिद बिक्री हुँदा बाँकी सबै कम्पनी रातै भएका छन । आज पनि जीवन विकास लघुवित्तको शेयर कारोबार सबै भन्दा धेरै भएको छ ।

 

 

footer