२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाको भारत भ्रमणको सबै तयारी सकिएको भारतको भनाई

754
shares

काठमाडौं । भारतको विदेश मन्त्रालयले आउँदो शुक्रबार देखि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भारत भ्रमणका क्रममा गरिने छलफल र भेटघाटको सबै तयारी भइसकेको जनाएको छ ।

सोमबार एक विज्ञप्ती मार्फत भारतीय विदेश मन्त्रालयले देउवाको भारत भ्रमणका समयमा हुने कार्यक्रम सार्वजनिक गरेको हो । पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । यसअघि २५ देखि २७ पुस सम्म प्रधानमन्त्री देउवा गुजरात जाने र त्यहीँ भारतीय समकक्षी नरेन्द्र मोदी सँग द्धिपक्षीय वार्ता गर्ने तय भएको थियो । तर, कोरोना र ओमिक्रोन महामारी बढे सँगै कार्यक्रम स्थगीत भएपछि देउवाको भ्रमण रोकिएको थियो ।

देउवा उच्चस्तरीय प्रतिनिधिमण्डल सहित आउँदो शुक्रवार देखि आइतबार सम्म भारतको भ्रमण गर्दैछन् । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेको हुन् ।देउवाले १९ चैतमा भारतीय समकक्षी नरेन्द्र मोदी सँग हैदरावाद हाउसमा द्धिपक्षीय औपचारिक वार्ता गर्ने छन् भने उनले भारतमा उपराष्ट्रपति बैंकया नायडु सँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम कार्यक्रम पनि तय भएको छ ।

मोदी सँग वार्ता गर्नुअघि देउवासँग भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जयनगर जन कपुर रेलवेको भर्चुअल उद्घाटन हुने कार्यक्रम छ । यस बाहेक भारतले देशभरि १३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, भक्तपुरमा हिन्दु मठ बनाउने लगायतका सम्झौता हुने गरि तयारी भइरहेको छ ।

देउवा दिल्ली पछि भारतको वाराणसी पनि जाने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र रहेको वाराणसीमा प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । देउवा २० चैतमा स्वदेश फर्किनेछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports