तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय सुनुवाइमा एमाले अनुपस्थित, हाजिर गरेर निस्किए

546
shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठको संसदीय सुनुवाइमा एमाले अनुपस्थित भएको छ । बैठकमै नगएका होइनन्, गएर हाजिर गरेर निस्केका हुन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा हाल ११ जना मात्रै छन् । ११ जना मध्ये मंगलबारको सनुवाइ समितिमा ८ जना उपस्थित भएको हाजिरी छ । तर, सुनुवाइका क्रममा भने सभापति बाहेक ५ जना मात्रै थिए । सभापति लक्ष्मणलाल कर्ण, देव गुरुङ, पुष्पा भुसाल, भीमसेनदास प्रधान, जितेन्द्र नारायण देव र अमृता थापा मात्रै थिए । ११ जना मध्ये ८ जना उपस्थित भएको भनेर सुनुवाइ न्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गर्‍यो ।

बैठक पछि सभापति कर्णलाई प्रमुख विपक्षी देखिएनन् नि ? भनेर प्रश्न गर्दा उनले एमाले सांसद सुरेन्द्र पाण्डे आएको र हाजिर गरेर गएको बताए । सुनुवाइ समितिमा एमालेका सांसद पाण्डे र निरुदेवी पाल छन् । पाल काठमाडौं बाहिर रहेको सूचना पाएको भएको समिति सचिवालयले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports