kumari
stcnepal

भारतीय कलाकार अजय देवगनको कति छ सम्पति, उनी राजा महाराजा भन्दा कम छैनन

बलिउड क्षेत्रमा ‘सिंघम’ भनेर चिनिने अजय देवगन चर्चित कलाकार भित्र पर्छन् । उनको फिल्मले ‘बक्स अफिस’मा धमाका मच्चाउने गर्छ । अभिनेता अजयका फिल्मलाई दर्शकले व्यग्र प्रतीक्षा गर्ने गर्छन् । जसले गर्दा कलाकारिता बाटै उनले करोडौंको सम्पत्ति जोडेका छन् ।


बलिउडमा अजयले थुप्रै चर्चित फिल्म ल्याएका छन् । अजयको कूल कमाइ ४० मिलियन डलर छ अर्थात् उनको कूल सम्पत्ति ४७२ करोड रुपैयाँ छ ।अजय फिल्म खेलेको पारिश्रमिक मात्रै लिँदैनन्, कतिपय अवस्थामा नाफामा समेत हिस्सेदारी लिने गरेका छन् । अजय बलिउडमा सर्वाधिक पारिश्रमिक लिने कलाकारमा पर्छन् ।उनले फिल्म गंगूबाई काठियावाडी’मा काम गर्दा ११ करोड रुपैयाँ लिएका थिए भने फिल्म ‘आरआरआर’मा पारिश्रमिक बढाएर २५ करोड पुर्‍याएका थिए ।

अजयको कमाइ मात्रै होइन, जीवनशैली र रहनसहन पनि राजा–महाराजाको भन्दा कम छैन । उनी नयाँ–नयाँ गाडीको सौखिन छन् । उनी सँग टोयटा सलिका, बीएमडब्ल्यू, फरारी मेसेराटी क्वाट्रोपोर्टे रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

 

 

footer