प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल पक्षको सुनुवाइ स्थगितको माग सर्वोच्चले गर्यो अस्वीकार

559
shares

काठमाडौं  ।माधवकुमार नेपाल सहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग सहित नेकपा एमालेले दिएको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

माधव नेपाल सहितका सांसदको पक्ष बाट उक्त रिट माथिको सुनुवाइ रोक्न दिइएको निवेदन न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीले अस्वीकार गरेको छ । माधवकुमार नेपाल सहितका सांसदको तर्फ बाट आइतबारको सुनुवाइ रोक्न माग गर्दै अमर राउतले इजलास समक्ष निवेदन दिएका थिए । तर सो निवेदनको आधारमा इजलासले सुनुवाइ रोक्न अस्वीकार गरेको एक कानुन व्यवसायीले जानकारी दिए । न्यायायाधीश सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त रिट चौथो नम्बरमा परेको छ ।

यसअघि २९ फागुनमा यस मुद्दा आइतबार पूर्ण सुनुवाइमा पेश गर्ने आदेश भएको थियो । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टी गठन नहुँदै माधवकुमार नेपाल सहित १४ सांसदलाई पार्टी बाट निष्कासन गरेको थियो । निष्कासनमा परेका सांसदको सनाखतमा अर्को पार्टी गठन गरिनु र उनीहरुको सांसद पद पनि कायम रहनु गैरकानुनी भन्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र संघीय संसद सचिवालयलाई विपक्षी बनाई रिट दिएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports