प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका प्रधानमन्त्री खान द्धारा संसद बिघटनको सिफारिस खान बिरूदको अबिश्वासको प्रस्ताव खारेज

520
shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् । विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए । विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो ।उनी अल्पमतमा परेका थिए ।

अल्पमतमा परे पनि राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आएका उनले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै नदिएनन् । संसदले अविस्वास प्रस्ताव खारेज गर्‍यो भने लगत्तै इमरनाले संसद विघटन गरे । उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविस्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गरे ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports