सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल भट्टराई समेत अन्य केही कारबाहीमा पर्ने

494
shares

काठमाडौ । सर्बोच्च अदालतले द्वन्द्वकालमा भएका गम्भीर मावन अधिकारका उल्लंघनका घटनाका दोषीहरुलाई आम माफी तथा क्षमादान दिन नसकिने फैसला गरेको छ । सर्बोच्च अदालतले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनाका दोषीहरुलाई उन्मुक्ति दिन नसकिने ६ वर्ष अघिको सर्बोच्च अदालतको फैसलालाई पुनरावलोकन गर्नुनपर्ने ठहर बैशाख १४ गते गरेको छ । उक्त ठहरपछि अब माओवादीले चलाएको १० वर्षे जनयुद्धकालमा भएका गम्भीर प्रवृत्तिका मानव अधिकार उललंघनका घटनाका दोषीहरुले आममाफी तथा क्षमादान पाउने छैनन् । त्यसबेला माओवादी पक्ष र सरकारी पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्न भएका जोसुकै व्यक्तिहरु कानुनी दायारमा आउने भएका छन् ।

बैशाख १४ गते सर्बोच्च अदालतका न्यायधिशहरु दिपक बहादुर कार्की, मीरा खड्का विश्वम्भर प्रसाद श्रेष्ठ, इश्वर प्रसाद खतिवडा र डा. आनन्द मोहन भट्टराईको बृहत पूर्ण इजलासले पहिला नै भएको फैसालको पुनरावलोकन माग गर्दै सरकारले दिएको निवेदन खारेज गरी दिएको हुनाले ६ वर्ष अघि गरेको सर्बोच्च अदालतको फैसला अब यथास्थितिमा रहने भएको छ । सरकारले गम्भीर मानव अधिकारको उल्लंनको घटनाका दोषीलाई क्षमादान दिने गरी ऐन बनाएपछि सोको विरुद्ध सर्बोच्च अदालतमा परेका रिटमा सर्बोच्चले क्षमादान तथा आममाफी अस्वीकार गरेको थियो । अदालतमा विचाराधिन रहेका मुद्दाहरु पनि आयोगको मातहतमा ल्याउने सरकारी निर्णयलाईपनि सर्बोच्च अदालतले रोक लगाएको थियो । उक्त फैसलाको पुनरावलोकनको माग गरेपनि सर्बोच्चको बृहत पूर्ण इजलासले त्यसलाई अस्वीकार गरेको थियो ।

पूर्ण इजलासले २०७१ फागुन १४ गते तत्कालिन न्यायाधिश कल्याण श्रेष्ठ, बैद्यनाथ उपाध्याय र हालका प्रधान्यायाधिश चोलेन्द्र शमशेर जबराको इजलासले गरेको फैसलालाई पुनरावलोकन गर्नु नपर्ने फैसला गरेको थियो । उक्त फैसला विरुद्ध नेपाल सरकारका तर्फबाट २०७२ श्रावणमा पुनरावलोकनको माग गरी निवेदन परेकोमा वैशाख १४ गते सर्बोच्च अदालतको ५ जना न्यायाधिशको पूर्ण बृहत इजलासले पहिलाकै निर्णयलाई सदर गरेको हुनाले अब द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा दोषी ठहर भएका तत्कालिन माओवादी पक्षका विद्रोहीहरु र सरकारी पक्षका मानवअधिकार उल्लंघन गर्ने सबै व्यक्तिहरु कानुनी कारबाहीमा पर्ने बाटो खुलेको छ ।

तत्कालिन माओवादी पक्ष नै अहिले सरकारमा रहेको हुनाले त्यसबेला मानव अधिकारको उल्लंघन गर्नेहरुमाथि अब कस्तो कारबाही हुन्छ ? त भन्ने प्रश्न समेत उठेको छ । तत्कालिन माओवादीका सुप्रिम कमाण्डर रहेका पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायत अन्य केही व्यक्तिहरुलाई सर्बोच्च अदालतको उक्त फैसलापछि कानुनी दायरामा ल्याउन सक्ने सम्भावना रहेपनि उनीहरु नै सरकारमा रहेकाले सर्बोच्च अदालतको आदेश पालना हुन्छ त भन्ने प्रश्न समेत उठेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports