तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष विद्वान गुरुङले तरुण दलको औपचारिक जिम्मेवारी सम्हाले

533
shares

काठमाडौं । नेपाल तरुण दलका नवनियुक्त अध्यक्ष विद्वान गुरुङले आज बाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् । उनलाई तरुण दलको कार्यालयमा यसअघिका अध्यक्ष जितजंग बस्नेतले पद हस्तान्तरण गरेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा गुरुङले स्थानीय तहको निर्वाचन नजिकिइसकेकाले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन चुनावमा केन्द्रित हुने बताए । आगामी योजना बारे उनले भने, ‘नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा भएका राम्रा कामको प्रचार गर्ने र जनतामा फैलाइएका अनावश्यक भ्रमहरुलाई चिर्दै चुनावमा होमिन्छौं ।’ पार्टी केन्द्रको नीति र निर्देशन अनुसार युवाहरु परिचालन गर्दै आधिकारिक उम्मेदवारलाई विजयी बनाउने तत्कालीन योजना रहेको उनले सुनाए ।

तरुण दलका निवर्तमान अध्यक्ष जितजंग बस्नेतले गुरुङको कार्यकालमा उदाहरणीय तरुण दल बनोस् भनेर शुभकामना दिए । उनले गुरुङको कार्यकाल सफल बनाउन पनि भूमिका खेल्ने बताए । भने, ‘तपाईंले देखाएको बाटोमा हिंड्न हामी तयार छौं र तपाईंका बाधा अड्चन जे–जे आउँछन् हामी त्यसलाई पन्छाउँदै कार्यकाल सफल बनाउँछौं ।’ निवर्तमान अध्यक्ष बस्नेतले तरुण दललाई बलियो बनाउन गुरुङ लगायतका तरुण दलका अन्य नेता–कार्यकर्ताहरु सँग सहकार्य गरेको स्मरण गर्दै आफू त्यस प्रति सधैं ऋणी रहेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports