प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप ३३ जनामा कोरोना संक्रमण

689
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना बाट ८९ जना निको भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 648 पुगेको छ । यो सँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका कसैमा पनि कोरोना संक्रण देखिएको छैन।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports