kumari
stcnepal

सलमानको कन्सर्ट कोभिडले थलिएको पर्यटन क्षेत्रलाई सघाउन : मन्त्री आले

काठमाडौं । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानले सांगीतिक प्रस्तुति दिने तयारी छ ।

सलमान र कार्यक्रमलाई नै लिएर विरोध हुन थालेपछि मन्त्री आलेले मुख खोलेका छन् । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई उकास्न सलमानको कन्सर्ट गर्न लागिएको उनले प्रष्टीकरण दिएका छन् ।

सगरमाथा आरोहण गर्न लागेका गायक राजु लामा र अभिनेत्री दीया पुनलाई शुभकामना दिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले भने, ‘कसैले चिन्ता नलिए हुन्छ । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई सघाउन सलमानलाई नेपाल ल्याउन लागिएको हो र यसमा सरकारले सहयोग मात्र गरेको हो ।’

उनले कन्सर्टलाई लिएर भइरहेका अन्य आलोचनामा तर्क नभएको समेत बताए । सामाजिक सञ्जालमा सलमान सँगको संवादलाई लिएर तीव्र आलोचना भएपछि मन्त्री आलेले प्रष्टीकरण दिएका हुन् । उनले नेपाली कलाकारलाई पनि सघाउन सरकार तयार रहेको बताए । ‘नेपाली कलाकारले पनि आफूलाई चाहिएको कुरा भन्नुपर्छ । सरकार सघाउन तयार छ,’ उनले भने ।

 

footer