तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बतास समुहसँग भएको सम्झौता रद्ध गर्यो सरकारले

494
shares

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला भाडामा दिने करार सम्झौता रद्द गरिएकोबारे सार्वजनिक सूचना निकालेको छ।होटल आनन्द प्रालि, सञ्चालक आनन्द बतास र सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा आज गोरखापत्रमा कोषले धर्मशाला भाडामा दिनेबारे सम्झौता रद्द गरेको सार्वजनिक सूचना निकालेको छ।

गत माघ २८ मा बसेको कोषको बैठकले ३५ दिनभित्र स्पष्टीकरण दिन भने पनि बतासले स्पष्टीकरण नदिएको कोषको भनाइ छ।पुन: स्पष्टीकरणका लागि गत फागुन १ मा पत्राचार गरे पनि कोषसमक्ष कुनै स्पष्टीकरण नआएको कोषको भनाइ रहेको छ।

कोष सञ्चालक परिषदको चैत १४ मा बसेको बैठकले होटल आनन्द प्रालि र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय भएको थियो। चैत १७ मै सम्झौता रद्दबारे जानकारी गराएकोमा करार भंगबारेको पत्र बतासले लिन नमानेपछि इमेल ठेगानामा पठाइएको कोषले बताएको छ। सम्झौताअनुसार सर्त पालना नभएको भन्दै कोषले करार सम्झौता रद्द गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports