तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैज्ञानिक समाजवादी पार्टीले आहुतिको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन

481
shares

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीले आहुतिको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । १७ देखि १९ चैत सम्म काठमाडौंमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलाले महासचिवमा आहुति र प्रवक्तामा जागृत रायमाझीलाई चयन गरेको हो । केन्द्रीय समितिमा ४० प्रतिशत महिला प्रतिनिधित्व रहेको उक्त पार्टीले जनाएको छ ।

भेलाले १५ सदस्यीय केन्द्रीय सचिवालय पनि चयन गरेको छ । जसमा आहुति, जागृत रायमाझी, मदन अर्याल, राजकुमार हिङमाङ, सागर लिम्बु, धनकुमारी सुनार, राजेश्वरी सुवेदी, डिवी सर्बश्रेष्ठ, आशिष लिम्बु, बैद्यनाथ ठाकुर, बुद्धलक्ष्मी महर्जन, बिनोद सुनाम, लछुुराम बिक, पुष्पकुमार भण्डारी र श्याम कुँवर रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा आर.पी गुरागाईं, डा. अजय यादव, मोहन साशंकर र डा. सञ्जय साहलाई चयन गरेको छ ।

भेलाले अधिकार सम्पन्न प्रबुद्ध समिति चयन गरेको छ । जसमा नन्दन अर्याल, डा. शिवशंकर यादव, हरिदेव ठाकुर, रोहित हिङ्गमाङ र चित्रबहादुर विश्वकर्मा रहेका छन् । थप सदस्यहरु प्रबुद्ध समितिको बैठकले पार्टी केन्द्रीय कार्यालयको सल्लाहमा चयन गर्न सक्ने राष्ट्रिय भेला पछि महासचिव आहुतिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेलाले सात वटै प्रदेशका प्रदेश संयोजक र आठ वटा विभागका प्रमुख पनि चयन गरेको छ । प्रदेश १ मा आशिष लिम्बु, मधेश प्रदेशमा वैद्यनाथ ठाकुर, बागमती प्रदेशमा वुृद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेशमा विनोद सोनाम, लुम्बिनी प्रदेशमा लछुराम विक, कर्णालीमा पुष्पकुमार भण्डारी र सुदूरपश्चिममा श्याम कुँवर संयोजक चयन भएका छन् ।

त्यस्तै स्कुल तथा प्रकाशन विभागमा आहुति, संगठन विभागमा सागर लिम्बु, उत्पादन विभागमा मदन अर्याल, अन्तर्राष्ट्रिय विभागमा राजेश नेपाली, विज्ञान तथा प्रविधि विभागमा सुरेन्द्र लुइँटेल, आर्थिक तथा लेखा विभागमा सुवास पाण्डे, वैदेशिक श्रमिक विभागमा राजन डोने, प्रचार प्रसार विभागमा जागृत रायमाझी, मुस्लिम विभागमा शुभराती मन्सुर र शिक्षक विभाग प्रमुखमा बद्रीकुमार चौलागाईं चयन भएका छन् ।

त्यस्तै केन्द्रीय कार्यालय सचिवमा काल्साङ लामा चयन भएका छन् । वैज्ञानिक सभाजवादी पार्टीको पहिलो भेलाले एमसीसी, भ्रष्टाचार लगायत समसामयिक राजनीतिक परिस्थितिका बिषयमा ८ बुंदे समसामयिक राजनीतिक प्रस्ताव समेत पारित गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports