तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिने

494
shares

काठमाडौं । देशभर रहेका मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि केही मेडिकल कलेज सँग सम्झौता गरिसकेको छ भने केही प्रक्रियामा रहेको जनाएको छ ।

राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्ला अस्पतालमा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानहरु सँग सम्झौता सुरु भएको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए । डा. पौडेलका अनुसार मेडिकल कलेज तथा प्रतिष्ठानले जिम्मा लिएका जिल्लाहरुमा कम्तिमा एक जना शल्यचिकित्सक, एक जना प्रसूती तथा स्त्री रोग विशेषज्ञ र एक जना एनेस्थेसियोलोजिष्ट तथा एनेस्थेसिया सहायक जानेछन् ।

‘केही प्रतिष्ठान र मेडिकल कलेज बीच सम्झौता भएका छन् । अन्य प्रक्रियामा रहेका छन्,’ डा. पौडेलले  भने,’ कुन–तहको चिकित्सक जानुहुन्छ । त्यसअनुसार नै स्वास्थ्य मन्त्रालयले नै सेवा–सुविधा उपलब्ध गराउँछ ।’ उक्त जिल्ला अस्पताल बाट बिरामीले रोग पहिचान र उपचारको व्यवस्था गरी अपरेशन, शल्यक्रिया गर्नुपर्ने, परामर्श दिनुपर्ने र महिला तथा प्रसूति सेवा, साथै जटिल गर्भवती सेवा तथा परामर्श लगायतका सेवा पाउँछन् ।

मन्त्रालयकाका अनुसार त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसले सिन्धुपालल्चोक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले धादिङ अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हुम्ला जिल्ला अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गोरखा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दमौली अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धनकुटा अस्पतालमा विशेषज्ञ सेवा दिनेछन् ।

त्यसैगरी, धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले सिन्धुली अस्पताल, चितवन मेडिकल कलेजले लमजुङ अस्पताल, कलेज अफ मेडिकल साइन्सेज भरतपुरले मध्यविन्दु अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पले गुल्मी अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पतालले तेह्रथुम अस्पताल, युनिभर्सल मेडिकल कलेजले रुकुम अस्पताल, काठमाडौं मेडिकल कलेजले रामेछाप अस्पताल, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले दोलखा अस्पताल, नेपाल मेडिकल कलेजले खोटाङ अस्पताल, मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्वत अस्पताल, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले पाँचथर अस्पताल, गण्डकी मेडिकल कलेजले स्याङ्जा अस्पताल, नेसनल मेडिकल कलेजले गौर अस्पताल, नेपालगञ्ज मेडिकल कलेजले जाजरकोट अस्पतालमा गएर सेवा दिनेछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports