kumari
stcnepal

प्रधानमन्त्री ओलीको बेकारको बकबास

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको कार्यक्रममा वोल्दै आफँुले नेपालको नक्सा प्रकाशित गरेकै कारण आफुलाई प्रधानमन्त्री वाट हटाउन खोजको आरोप लगाएका छन् । मदनभण्डारी फउन्डेसनद्वारा आयोजित कार्यत्रममा प्रधान निवास बालुवाटारमा रहेको हलमा भएको थियो जहाँ जारी नेकपाका स्थायी समितिका वैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएका थिए । मदन भन्डारी फाउन्डेशनका सदस्य हरु अधिकांश ओली पक्षीय नेताहरु मात्र सहभागि भएका थिए । प्रधानमन्त्री ओलीले त्यहाँ एक घण्टा भन्दा बढी भाषण गर्दै भनेका थिए मलाई हटाउन भारत लागि परेको छ भनेर । त्यसमा नेपालकै नेताहरु सामेल भएको उनको उद्घोष रहेको थियो ।

पछिल्लो समयमा प्रधानमन्त्री ओली सचिवालय र स्थायी समितिको बैठकमा समेत अल्पमतमा रहेका र स्थायी समितिको बैठकमा समेत प्रधानमन्त्री ओलीको चर्को आलोचना भएपछि उनले पद बचाई राख्न आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीलाई हटाउन भारत लागि परेको हो भने किन उनले भारतीय राजदूतलाई बोलाएर त्यस विषयमा सोधेनन् ? नेपालको संविधान अनुसार प्रधानमन्त्रीलाई हटाउन उनैको पार्टी नेपाल कम्युनिष्ट पार्टी बाहेक अरु कसैले सक्दैनन् ।

झण्डै दुई तिहाई नजिकको समर्थन प्राप्त प्रधानमन्त्रीलाई हटाउन सत्ताधारी दलले मात्र निर्णय गर्न सक्छ विपक्षी दलहरुसँग प्रधानमन्त्रीलाई हटाउने मत नभएको अवस्थामा आफ्नै पार्टीभित्रको आलोचनालाई साम्य पार्न प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको आशंका उत्पन्न भएको छ । केही समय पहिला प्रधानमन्त्रीले नै अरु पार्टीलाई विभाजन गराउने मनसाय राखेर अध्यादेश मार्फत राजनीतिक दल विभाजन सम्बन्धी ऐन जारी गरेका थिए । तर त्यसको व्यापक विरोध भएपछि उक्त ऐन फिर्ता लिन प्रधानमन्त्री ओली बाध्य भएका थिए । पछिल्लो समयमा प्रधानमन्त्री ओलीमा दम्भ बढेको छ आफूलाई मात्र राष्ट्रवादी देखाउन उनले अनेक प्रकारका हथकण्डा अपनाउँदै आएपनि उनी असफल भएका छन् ।

२०६२÷६३ मा भएको आन्दोलन पछि भारतकै सहयोग र समर्थनमा १२ बुँदे सहमति गरिएको थियो । त्यही बेला भारतले नेपालका राजनीतिक दलका नेताहरुको नाडी छामिसकेको हुनाले अहिले ओलीले त्यसैको फल भोगि रहेका छन् । नक्सा प्रकाशित गर्ने निर्णय ओलीको मात्र नभएर पार्टीको समेत हो । पार्टीको निर्णय उनले स्वीकार गरेर नक्सा प्रकाशित गरेका हुन् तर अहिले त्यही नक्सा प्रकाशित भएकोले आफूलाई हटाउन खोजियो भन्नुमा कुनै तुक छैन । आफूलाई अप्ठ्यारो पर्दा त्यही भारतको शरण पर्ने अनि आफूलाई सहज हुँदा नेपाली जनताको आवाजसम्म सुन्न नसक्ने प्रवृत्ति ओलीमा देखिएकोले त्यसलाई सुधार गर्नुको बदला आफूलाई हटाउन खोजियो भन्नुको अर्थ रहँदैन ।

footer