नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत चयन

546
shares

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपकुमार लेखी सर्वसम्मत चयन भएका छन् । नवलपुरको अमलटारीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी (चितवन), प्रदेश-१ उपाध्यक्षमा कुलदीप चौधरी (सुनसरी), मधेश उपाध्यक्षमा प्रतिमा चौधरी (बारा), बागमती उपाध्यक्षमा किशोर चौधरी, एशोसिएट उपाध्यक्षमा सहदेव चौधरी (काठमाडौं) र लुम्बिनी उपाध्यक्षमा सञ्जु चौधरी चयन भएका छन् । कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष भने मनोनित गर्न बाँकी रहेको संघले जनाएको छ ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं) र उपमहासचिवमा विजय चौधरी (चितवन) चयन भएका छन् । सचिव (महिला) मा दिपशिखा चौधरी (दाङ), सचिव (पुरुष) मा लीलानाथ गच्छदार (मोरङ) र कोषाध्यक्षमा कारी महतो (चितवन) चयन भएका छन् ।

केन्द्रीय सदस्यमा सवि चौधरी (दाङ), धिरेन्द्र चौधरी (बारा), मनोज चौधरी (चितवन), दिनेश कुमार चौधरी (काठमाडौं ), राज चौधरी (रुपन्देही), जनक चौधरी (बर्दिया), नवीन चौधरी (बारा), सुमित्रा चौधरी (चितवन) सर्वसम्मत चयन भएका छन् । केन्द्रीय कार्यसमितिले दुई जना सदस्य मनोनित गर्ने व्यवस्था छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports