२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जुम्ला रारा अल्ट्रा म्याराथन आज शनिबार बाट सुरु

741
shares

सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । म्याराथनमा एक विदेशी सहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकै बाट सुरु भएको म्याराथन रारा ताल सम्म पुगेर सकिने छ ।

आयोजक क्लबका अध्यक्ष सरोज शाहीका अनुसार तीन वर्षयता हरेक वर्ष जुम्ला खलंगा देखि मुगुको रारा ताल सम्मको ४९ किलोमिटर लामो अल्ट्रा म्याराथन प्रतियोगिता भइरहेको छ ।‘जुम्लालाई उच्च पर्वतीय खेल प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याराथनको आयोजना गरिएको हो’ उनले भने ।

उनका अनुसार अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पियन वैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङ लगायतले सहभागिता जनाएका छन् । ‘स्पेन, अमेरिका, क्यानडा लगायतका १८ जनाले अल्ट्रा म्याराथनका लागि नाम दर्ता गराएका थिए । तर विविध कारणवश अन्तिममा आएर उनीहरुले सहभागीता जनाउन नसक्ने बताए’ क्लबका अध्यक्ष शाहीले भने ।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै ६२ हजार ५०० द्वितीयले, ३७ हजार ५०० तृतीयले र सान्त्वना हुने ७ जनाले ६ हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports