प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलालीको गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

546
shares

काठमाडौं । १३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारले विष्टले स्पेसिफिकेसन तथा सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँच गर्नका लागि सम्बन्धित साइट इन्जिनियर/प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सहमति जनाई गुणस्तरहीन बेस कोर्स र सब-बेसकोर्सको कार्यलाई स्तरयुक्त नाप देखाएको अख्तियारले जनाएको छ । उनको यो कामले सरकारलाई ३१ लाख ३७ हजार ८५३ रुपैयाँ ७५ पैसा हानि नोक्सानी भएको अख्तियारको दावी छ ।

अर्का तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले पनि यही कसूर बाट सरकारलाई २५ लाख ५२ हजार ८८६ रुपैयाँ ६८ पैसा नोक्सान पुर्‍याएको अख्तियारले जनाएको छ । अख्तियारले गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख इन्जिनियर पूर्ण कुँवर, सब इन्जिनियर ज्ञानेन्द्र बुढा, सब इन्जिनियर नरेन्द्र शाही, प्राबिधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports