kumari
stcnepal

आज थप १५ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८३ जनाको पिसिआर र एक हजार ४ सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर २ सय ९८ जना सक्रिय संक्रमित छन्। ३२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमण बाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

 

 

footer