सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको असन्तुष्ट पक्षले चितवनमा महानगरको मेयरमा उम्मेदवारी दिने

468
shares

चितवन । चितवनमा नेपाली कांग्रेसको एक समूहले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसको जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा शनिबार भएको भेलाले मेयरमा उम्मेदवारी दिने निष्कर्ष निकालेको तरुण दल चितवनका पूर्वअध्यक्ष समेत रहेका नेता शम्भु अर्यालले जानकारी दिए ।

‘कांग्रेस बाट मेयरमा उम्मेदवारी कायम रहनुपर्छ भन्ने निष्र्कषमा पुगेका छौं ‘नेता अर्यालले भने, ‘पार्टी जोगाउन र कार्यकर्ताको भावनाको सम्मान गर्न पछाडि पर्ने कुरा भएन ।’उनले कांग्रेस केन्द्रले अझै पनि निर्णय सच्चाएर भरतपुरमा कांग्रेसकै उम्मेदवार खडा गर्नुपर्ने माग आफूहरुको कायमै रहेको बताए । उनले केन्द्रले मेयरको उम्मेदवार नतोके जिल्ला बाट नै सर्वसम्मतिमा मेयर पदमा उम्मेदवारी रहने जानकारी दिए । भरतपुर महानगरको मेयरमा कांग्रेस बाट पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद जगन्नाथ पौडेल, शम्भु अर्याल लगायतको चर्चा छ ।

पार्टीले गर्न सक्ने सम्भावित कारवाहीको कुनै चिन्ता नभएको अर्यालको भनाइ छ । कांग्रेसका नेता एवम् अधिवक्ता उद्धव लोहनीले चितवनका कांग्रेस जोगाउन यसपटक जोखिमपूर्ण भए पनि निर्णय लिइने बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports