भरतपुरमा गठबन्धन बिपरित कांग्रेसका पौडेलले दिए मेयरमा उम्मेदवार
वि.सं.२०७९ वैशाख ११ आइतवार १६:३१
shares

काठमाडौं। सत्ता गठबन्धनको सहमपति विपरित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन्। उनले पार्टी कार्यालयमा कार्यक्रम गरी मेयर पदका लागि उम्मेदवार घोषणा गरेका हुन्।
पौडेलको घोषणा सँगै गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाललाई सकस पर्ने निश्चित भएको छ। भरतपुर महानगरपालिका–७ का पौडेल भरतपुरको पूर्व उपमेयर समेत हुन्। बालकुमारी क्याम्पस सञ्चालक समितिको अध्यक्ष समेत रहेका पौडेल चितवन कांग्रेसका लोकप्रिय नेता मानिन्छन्।
उनलाई कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, मिना खरेल र शम्भु अर्याल लगायतको बलियो साथ रहेको छ। कांग्रेसको माथिको निर्देशन विपरित उक्त उम्मेदवारी घोषणा भएको हो।






































