प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर बजार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढ्यो

572
shares

काठमाडौं । स्थानीय तहको चुनावको प्रभाव शेयर बजारमा देखिन थालेको छ । चुनाव नजिकिदै गर्दा शेयर बजारमा भारी अंकको बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २,४२० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १९३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबै उपसूचक बढेका छन् । आज दिनभरिमा २३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै भन्दा धेरै सानिमा बैंक संस्थापक शेयरको कारोबार भएको छ । आज कम्पनीको संस्थापक शेयर २२ करोड माथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ११ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज ३६ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज १० वटा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २६ वटा कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आज अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज डिवेञ्चर र फण्ड बाहेक सबै कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports