चितवनका कांग्रेसका बागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता नलिने खाँणलाई दिए जवाफ
वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:५४
shares

काठमाडौं। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई उम्मेदवारी फिर्ता लिन नसक्ने अवस्थामा पुगेको बताएका छन्।
पौडेल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा सहित कांग्रेसका नेताहरुको सन्देश लिएर पुगेका खाँणलाई पौडेलले ‘रेणु दाहाललाई ब्याक गराउने तिर सोच्नुस्’ भन्ने जवाफ दिएका थिए। यसअघि प्रधानमन्त्री कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ, नेपाली कांग्रेस चितवनका पदाधिकारीलाई पनि पौडेलको सोही जवाफ थियो। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयत्नमा पौडेल ठूलो बाधकका रुपमा उभिएका छन्।




































