सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्ट ट्रेडिङले बचायो कृषकहरुलाई

585
shares

काठमाडौ । साल्ट टेडिङ्ग कर्पोरेशनले आफ्नो ५७ वर्षे कार्यकाल पुरा गरी २७ गते देखि ५८ औं वर्षमा प्रवेश गरेको छ । २०२० भाद्र २७ गते केही निजी क्षेत्रका व्यापारीहरु मिलेर साल्ट टेडिङ्ग कर्पोरेशनको स्थापना गरेका थिए । २०२० सालमै ३ पि अर्थात पब्लिक प्राइभेट पार्टनरसिप अन्र्तगत गठन गरिएको साल्टमा सरकारको २२ प्रतिशत शेयर रहेको छ । प्रत्येक वर्ष साल्टले भाद्र २७ गते आफ्नो वार्षिक उत्सव मनाउँदै आएको भएपनि यसपटक भने सरकारले निषेधाज्ञा जारी राखेको र सभा सम्मेलन गर्न सरकारले प्रतिबन्ध लगाएको हुनाले साल्टले आफ्नो वार्षिक उत्सव मनाउन सकेन । साल्टकै उपल्लो तह र सबै कर्मचारीहरु भेला भएर ५८ औँ वार्षिकोत्सव सामान्य रुपमा मनाएका थिए ।

साल्टले प्रत्येक घर परिवारलाई आवश्यक पर्ने नुन चीनी, चामल, दाल, गेडागुडी, खानेतेल, आँटा, मैदा ग्यासलगायत अन्य बस्तुहरुको विक्रि वितरण गर्दै आएको छ । साल्टले कृषकहरुको लागि आवश्यक पर्ने मलको समेत आयात गरी विक्रि वितरण गर्दे आएको छ । कृषि मन्त्रालले अनुमति दिएअनुसार साल्टले मलको आयात गर्ने गरेको छ । जस्तोसुकै कठिन परिस्थितिमा समेत साल्टले नुन चीनी, चामल, मलको कमी हुन दिएको छैन । साल्टले विक्रि वितरण गर्ने गरेको नुनको मूल्य दक्षिण एसियाकै सस्तो रहेको छ । सरकारले ७ वर्ष पहिला नुनको मूल्य निर्धारण गरेपछि अहिलेसम्म साल्टले त्यही मूल्यमा नुनको विक्रि वितरण गर्दै आएको छ । ७ वर्षसम्ममा प्रायः सबै चिजका भारी मात्रामा मूल्यबृद्धि भएपनि नुनको मूल्यबृद्धि नभएको र ढुवानीमा समेत व्यापक मूल्यबृद्धि भएकाले साल्टलाई एक किलो नुन विक्रि गर्दा झण्डै ५ रुपैँया घाटा हुने गरकोे छ ।

साल्टले दुर्गम देखि अति दुर्गम जिल्लाहरुमा समेत सर्वसुलभ मूल्यमा नुनको विक्रि वितरण गर्दै आएको छ । साल्टले विक्रि गर्ने आयो नुनको सेवनले गर्दा लुलो लंगडो हुने, अन्धो हुने, अपाङ्ग हुने अवस्थाको अन्त्य भएको छ । एक प्रकारले साल्टले जनतालाई सहज र सरल मूल्यमा औषधी खुवाईरहेको छ । सरकारलाई अप्ठ्यारो अवस्था पर्दा साल्टले नै सरकारको इज्जत जोगाईदिएको छ । त्यसको प्रत्यक्ष प्रत्यक्ष प्रमाण हो अहिले अरु कुनै संस्थाले मल आयात गर्न नसकेको अवस्थामा साल्टले मल आयात गरी कृषकलाई मल वितरण गर्नु । कृषि सामाग्री कम्पनीले ठेक्का दिएका ठेकेदारहरुले मल ल्याउन नसकेपनि साल्टले मल ल्याएर कृषकलाई विक्रि वितरण गरिरहेको हुनाले अब मल ल्याउने सम्पूर्ण जिम्मा साल्टलाई दिनु उपयुक्त हुनेछ त्यसैले भन्न सकिन्छ सरकारको काम साल्टले गरिदियो भनेर ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports