विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई सिनियर एआईजी आईजीपी बढुवा विरुद्ध अदालत जाने तयारीमा

572
shares

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यस विरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने बारे छलफल थालेका हुन् ।

पोखरेल निकट स्रोतले भन्यो, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जाने बारे उहाँले छलफल गरिरहनुभएको छ ।’ थापा निकट एक अधिकृतले पनि अदालत जाने बारे छलफल भइरहेको बताए । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports