झुक्याएर काँग्रेसले उम्मेदवार बनाएको भन्दै उम्मेदवारी रद्ध गर्न माग
वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:२०
shares

मकवानपुर ।नेपाली काँग्रेसका तर्फ बाट मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ महिला सदस्यका उम्मेदवार सुनमाया स्याङ्तानले आफ्नो उम्मेद्वारी फिर्ता गर्न माग गरेकी छन् । आफूलाई झुक्यानमा पारेर जबर्जस्ती उम्मेदवार बनाएको आरोप लगाउँदै उनले उम्मेद्वारी रद्द गरिदिन निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह गरिन् ।
कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको आरोप लगाएकी सुनमायाले आफू नेकपा एमालेको संगठित सदस्य रहेको बताएकी छिन् । काँग्रेसको नीति र कार्यक्रम चित्त नबुझेको भन्दै उनले आजै उम्मेदवारी रद्द गरि दिन आग्रह गरेकी हुन् । उनले आफू एमालेको चुनावी अभियानमा परिचालित हुने घोषणा पनि गरेकी छन् ।
































