प्रधानमन्त्री र मन्त्रीहरू बाटै आचारसंहिता उल्लंघन : महासचिव पोखरेल
वि.सं.२०७९ वैशाख २२ बिहीवार १४:२९
shares

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचारमा जानु आचारसंहिता विपरीत भएको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत् यस्ताे बताएका हुन्।
महासचिव पाेखरेलले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लङ्घन हो। यतिबेला सत्तापक्षलाई हाम्रो सुझावको सम्झना हुँदैहोला।’ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा सहित सत्तारूढ दलका शीर्ष नेताहरू चितवनमा हुन लागेकाे चुनावी सभामा सहभागी हुने कुरालाई संकेत गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
भरतपुरकाे हलचाेकमा हुने चुनावी सभालाई सभापति देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायतले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।
Shankar Pokhrel
प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा हिड्नु आचार संहिताको ठाडो उलंघन हो । यतिवेला सत्तापक्षलाई हाम्रो सुझावको संझना हुदैहोला।






































